आज काँग्रेस पदाधिकारीको बैठक बस्दै

-


     मर्दी न्युज    
     माघ २६ गते २०७८ मा प्रकाशित


Mardi News

काठमाडौँ । आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली काँग्रेसले जनाएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी परियोजना, १६ जिल्लामा बाँकी अधिवेशन, म्याद सकिएका भ्रातृ संस्था लगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।