कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २४०१ संक्रमित थपिए

-


     मर्दी न्युज    
     २६ माघ २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ७ हजार ७७७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप १४ संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ३० हजार २४१ सक्रिय संक्रमित रहेका छन्।