जापान । जापानमा बुधबार ९७ हजार ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३५ लाख ८३ हजार १ सय जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै थप १ सय ६२ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १९ हजार ७ सय ९१ जना पुगेको छ । संक्रमितमध्ये १ हजार २ सय १२ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख १८ हजार ९ सय ३३ जनाको उपचार भइरहेको छ ।
२६ लाख ९ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १५ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने र तोत्तोरी बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १८ हजार २ सय ८७, ओसाकामा १५ हजार २ सय ६४, खानागावामा ७ हजार २ सय ५२, आइचीमा ६ हजार २ सय ८७, ह्योगोमा ६ हजार १ सय ३५, फुकुओकामा ५ हजार दुई, साईतामामा ४ हजार ९ सय ४४, चिबामा ४ हजार ७ सय ४१,, होक्काईदोमा ३ हजार ६ सय छ, क्योतोमा २ हजार ९ सय ९६, सिजुओकामा १ हजार ९ सय छ, नारामा १ हजार ५ सय ९५, ईबाराकीमा १ हजार ५ सय ३१, र ओकायामामा १ हजार १ सय ३१ र हिरोशिमामा १ हजार ४२ जना संक्रमित थपिए ।
सोमबार १ लाख १ हजार ७ सय ५३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।