तीनवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     २७ माघ २०७८ मा प्रकाशित


पोखरा । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बाँकी भू–भागको मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाएको छ । प्रदेश–१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन विभागले आग्रह गरेको छ ।