जापान । जापानमा बिहीबार ९९ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३६ लाख ८२ हजार ७ सय ७१ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै थप १ सय ६४ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १९ हजार ९ सय ५५ जना पुगेको छ । संक्रमितमध्ये १ हजार २ सय ७० जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ३६ हजार ९ सय पाँच जनाको उपचार भइरहेको छ ।
२६ लाख ७५ सय ५ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १५ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने र तोत्तोरी बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १८ हजार ८ सय ९१, ओसाकामा १२ हजार ८ सय २८, खानागावामा ८ हजार ६ सय २१, चिबामा ६ हजार ६ सय चार, ह्योगोमा ६ हजार ५ सय ७७, आइचीमा ६ हजार १ सय २२, साईतामामा ५ हजार ९ सय ४७, फुकुओकामा ४ हजार ६ सय ५९, होक्काईदोमा ४ हजार ९८, क्योतोमा २ हजार ९ सय ८२, सिजुओकामा १ हजार ८ सय ३०, ईबाराकीमा १ हजार ४ सय ८४, नारामा १ हजार २ सय ४१, ओकायामामा १ हजार ९० र हिरोशिमामा १ हजार आठजना संक्रमित थपिए ।
मंगलबार १ लाख ३३ हजार ७ सय ८३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
३६ प्रान्तमा अर्धआपतकालीन अवस्था लम्बियो
कोरोना संक्रमणको तीव्र वृद्धि भएपछि सरकारले जनवरी २७ देखि जारी राखेको अर्धआपतकालीन अवस्था मार्च ६ सम्म निर्णय गरेको छ ।
होक्काईदो, आओमोरी, यामागाता, फुकुशीमा, तोचिगी, इबाराकी, नागोना, सिजुओका, इशिखावा, ओसाका, क्योतो, ह्योगो, ओकायामा, सिमाने, फुकुओका,ओइता, सागा, खागोसीमा, टोकियो, खानागावा, साईतामा, चिबा, गुन्मा, निगाता, आईची, गिफु, मिए, खागावा, नागासाकी, कुमामोतो, मियाजाकी, यामागुची, हिरोसीमा, ओकिनावा र वाकायामा प्रान्तमा अर्धआपतकालीन अवस्था जारी रहेको छ भने कोची प्रान्तमा फेब्रुवरी १२ देखि लागू हुनेछ ।