
कन्चन गुरुङ, पोखरा । रुपा गाउँ पालिका–६, भिर्चोक स्थित चन्द्रप्रभा मा.वि.को स्वर्ण महोत्सव यही फागुन ७ गतेदखि ११ गतेसम्म विभिन्न कार्यक्रम बीच मनाउने भएको छ ।
शुरुवाती अवस्थामा विभिन्न नामबाट विद्यालय संचालित भएता पनि वि.सं २०२८ सालमा नि.मा.वि तहको पठनपाठन आरम्भ भए पश्चात् चन्द्रप्रभा नामाकारण गरिएको ५० वर्ष पार गरेको अवसरमा मनाउन गइरहेको यस कार्यक्रमको मुख्य उद्देश्य शैक्षिक उन्नतिको लागि विभिन्न विज्ञहरुसँग परामर्श लिएर प्रविधिमैत्री शैक्षिक वातावरण सृजना गर्नुका साथै विभिन्न शारीरिक तथा बौद्धिक खेलकूदको आयोजना गरी विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटनको अवसर प्रदान गर्ने रहेको विद्यालयका प्र.अ. भोलानाथ पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वर्ण द्धार निर्माण, स्तम्भ निर्माण, स्मारिका प्रकाशन, भलिवल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, दौड प्रतियोगिता, सम्मान कार्यक्रम आयोजना गरिनेछ ।
मूल व्यवस्थापन समितिका संयोजक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सवावकस मिया रहेको यस कार्यक्रम तयारीको लागि विभिन्न उपसमितिहरु गठन गरेर कार्य विभाजन गरिएको छ । स्मारिका प्रकाशन उपसमितिका संयोजक पूर्व प्र.अ. राधाकृष्ण लामिछाने, कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक मोहम्मद मोहासिन मिया, कार्य सम्पादनका संयोजक सवाबकस मिया, अनुगमन तथा मुल्याङ्कन संयोजक दुर्गा बहादुर बि.क., सम्मान उपसमितिका संयोजक पूर्व प्र.अ. तिल बहादुर खड्का, भू.पू. विद्यार्थी पुनर्मिलनका संयोजक कन्चन गुरुङ रहेका छन् ।
राजनीतिक दल तथा अन्य संघसंस्था समन्वय उपसमिति संयोजक बलराम गुरुङ, स्वयम् सेवक व्यवस्थापनमा धन बहादुर गुरुङ, खेलकूद तथा अतिरिक्त क्रियाकलाप संयोजक देगेन्द्र गुरुङ, मञ्च व्यवस्थापनमा ज्ञानेन्द्र थापा, पुरस्कार तथा प्रमाणपत्र व्यवस्थापनमा दिपेन्द्रराज पगेनी, आर्थिक व्यवस्थापन उपसमितिमा हर्क बहादुर गुरुङ रहेका छन् । साँस्कृतिक कार्यक्रम संयोजक उपेन्द्र गुरुङ, अतिथि स्वागतमा चुमानसिंङ गुरुङ, स्वास्थ्य तथा सरसफाईमा गोपाल अधिकारी, जलपानमा भोज बहादुर गुरुङ, वैदेशिक समन्वय उपसमितिमा डम्मर बहादुर गुरुङ, भू.पू. शिक्षक पुनर्मिलन उपसमितिमा विष्णु प्रसाद अधिकारी रहेका छन् ।
कार्यक्रमको दोस्रो दिन भू.पु. विद्यार्थी पुनर्मिलन कार्यक्रममा योग साधन, परिचयात्मक कार्यक्रम, प्यानल डिस्कसन, कला तथा सृजना प्रस्तुकरणका साथमा मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ ।
पाँच दिनसम्म भव्य रुपमा मनाउन गइरहेको यो कार्यक्रमको अनुमानित खर्च रु. १२ लाख लाग्ने जानकारी प्र.अ. पौडेलले दिनुभएको छ । कार्यक्रमको लागि आर्थिक सहयोग आउने क्रममा करिव ३ लाखको लागतमा निर्माण हुन लागेको स्वर्णद्धारको लागि यसै विद्यालयका भू.पू. विद्यार्थी, पोखरा महेन्द्रपुल स्थित रुपाकोट सुनचाँदी पसलका प्रोप्राइटर दशरथ सुनारले आर्थिक सहयोग गर्ने भएका छन् ।
त्यस्तै प्यारामाउन्ट बोर्डिङ स्कुलका फाउन्डर डाइरेक्टर श्रीमान गुरुङले रु. ५०,०००।–, हाल यू.के. निवासी पूर्व विद्यार्थी भुपेन्द्र गुरुङले रु ५५,०००।–, आर्थिक सहयोग गरेका छन् । पूर्व शिक्षकहरु चेत बहादुर गुरुङले रु. ७७,७७७।–, मान बहादुर थापाले रु ५,०००।– र हरिमाया गुरुङले रु १०,०००।– सहयोग प्रदान गरेका छन् । पूर्व विद्यार्थीहरु गोगन गुरुङ (गोवर्धन)द्धारा रु ५०,०००।–, दीगेन्द्र गुरुङद्धारा रु १०,०००।–, सिर बहादुर गुरुङ रु. ५,००५।–, प्रजाकुमार गुरुङ रु १०,०००।–, मिन प्रसाद गुरुङ रु. २०,०००।–, शेर बहादुर गुरुङ रु १०,०००।– गरेका छन् ।
त्यसैगरि सु.मे. भरत बहादुर थापाद्धारा रु ३०,०००।–, क्या. कृष्ण बहादुर थापा रु ३०,०००।–, सुर्य बहादुर थापा रु ३०,०००।– सहयोग रकम प्राप्त भएको छ । त्यस्तै जगमाया गुरुङद्धारा ११,०५५।–, रमेश खड्काद्धारा रु ११,१११।–, अमित गुरुङद्धारा रु २०,०००।–, गोपाल अधिकारीद्धारा रु २५,५५५।–, हिमाल/बिमल गुरुङद्धारा रु १०,०००।–, डिलमाया गुरुङद्धारा रु ५,०००।–, मिना गुरुङद्धारा रु ५,०००।–, चिराकदिन मियाद्धारा रु १५,०००।–, खड्कबहादुर गुरुङद्धारा रु २०,०००।– आर्थिक सहयोग प्राप्त भएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुबाट कार्यक्रमको लागि आर्थिक सहयोग जारी भइरहेको कुरा स्रोतले बताए ।