
तुलसीपुर, २८ माघ । गएराति दुई बजेदेखि लागेको आगलागीमा परेर पाँच जना मृतकको पहिचान भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा ५मा ङ लाइनमा रहेको एक चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अलीको मृत्यु भएको छ । उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएको अर्यालले बताए ।
शव पोस्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ ।
इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होलसेल पसल तथा गोदाममा पनि क्षति पुगेको छ।
राति सुतिरहेका बेला आगलागी भएकाले ठुलो मानवीय क्षति भएको प्रहरीले बताएको छ ।
राति सुतिरहेका बेला आगलागी भएकाले ठुलो मानवीय क्षति भएको प्रहरीले बताएको छ । डिएसपी अर्यालका अनुसार विद्युत्को मिटर पड्किएर आगो लागेको अनुमान गरिएको छ।