जापानमा कोरोना संक्रमणबाट हालसम्म २० हजार बढीको मृत्यु, ९८ हजार संक्रमित थपिए

-


     सन थापा    
     २८ माघ २०७८ मा प्रकाशित


जापान । जापानमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २० हजार १ सय पाँचजना पुगेको छ । शुक्रबार १ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै ९८ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३७ लाख ८१ हजार १ सय १६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । 

संक्रमितमध्ये १ हजार ३ सय ४० जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ६१ हजार ६ सय ३० जनाको उपचार भइरहेको छ । 

२७ लाख ५३ सय २ सय १० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू 

४७ प्रान्त मध्ये १५ प्रान्त १ हजार भन्दा बढी थपिए भने  सिमाने र तोत्तोरी बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए । 

सबैभन्दा बढी टोकियोमा १८ हजार ६ सय ६०, ओसाकामा १५ हजार ३ सय दुई, खानागावामा ८ हजार १ सय २५, आइचीमा ६  हजार ६ सय ३९, साईतामामा ६ हजार १ सय ७९, ह्योगोमा ५ हजार ५ सय पाँच, चिबामा ५ हजार ४ सय ३७, फुकुओकामा ४ हजार ८ सय ४२, होक्काईदोमा ३ हजार ६ सय ८३, क्योतोमा २ हजार ४ सय ७४, सिजुओकामा १ हजार ७ सय २७, ईबाराकीमा १ हजार ७ सय तीन, हिरोशिमामा १ हजार ८०, शिगामा १ हजार १२ र नारामा १ हजार आठ जना संक्रमित थपिए । 

बुधबार १ लाख ८ हजार ९ सय ५१ जनाको पिसीआर परीक्षण गरिएको थियो ।