
जापान । जापानमा शनिबार ६८ हजार ४ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३८ लाख ४९ हजार ५ सय ४९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै १ सय ४५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २० हजार २ सय ५० जना पुगेको छ ।
संक्रमितमध्ये १ हजार ३ सय ५२ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ७२ हजार ५ सय ९४ जनाको उपचार भइरहेको छ ।
२८ लाख ४५ सय ६ सय ३४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १२ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने र तोत्तोरी बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ११ हजार ७ सय ४५, खानागावामा ८ हजार ४०, ओसाकामा ६ हजार ७ सय ४६, आइचीमा ५ हजार १ सय, साईतामामा ४ हजार ९ सय ३६, चिबामा ४ हजार ८०, फुकुओकामा ३ हजार ४ सय ५६, होक्काईदोमा ३ हजार २ सय ८०, ह्योगोमा ३ हजार २ सय ५९, क्योतोमा १ हजार ८ सय १४, ईबाराकीमा १ हजार ६ सय ८१ र सिजुओकामा १ हजार ५० जना संक्रमित थपिए ।