लायन्स क्लब इन्टरनेशल डिस्ट्रीक्ट ३२५K को निर्वाचन सम्पन्न

-


     मर्दी न्युज    
     फागुन १ गते २०७८ मा प्रकाशित


पोखरा । समाज सेवा तथा सामाजिक कामको लागि बिश्वको अग्रणी संस्था लायन्स क्लब इन्टरनेशनल अन्तर्गतको डिस्ट्रीक्ट ३२५ बि १ नेपालको १० औ वार्षिक सम्मेलन हिजो माघ २९ गते भर्चुअल माध्यम बाट सम्पन्न भएको छ ।

हिजो सम्पन्न भएको १०औं सम्मेलनवाट आगामी वर्ष २०२२/२३का लागी डिष्ट्रिक ३२५ बि १ नेपाल रि डिष्ट्रिकिङ भई आगामी जुलाई ०१ वाट लागु हुने गरी पाँचवटा डिष्ट्रिक लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ I, J, K, L र M भएका छन् ।

यसरी बनेका ५ वटा डिष्ट्रिकमा आगामी लायन्स वर्षका लागी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ I का लागी गर्भनरमा ला. राम बस्याल, प्रथम भाईस गर्भनरमा ला. चन्द्र केसी, द्धितिय भाईस गर्भनरमा ला. बिनोद ढुङाना निर्विरोध निर्वाचित भएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ J का लागी गर्भनरमा ला. धुव्र क्षेष्ठ, प्रथम भाईस गर्भनरमा ला. हरी मरहठा, द्धितिय भाईस गर्भनरमा ला. मिलन थापा पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसै गरी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ K का लागी गर्भनरमा ला. राजेन्द्र कुमार बाटाजु, प्रथम भाईस गर्भनरमा ला. सुचित्रा थापा, द्धितिय भाईस गर्भनरमा ला. निरा ब्रजाचार्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ L का लागी गर्भनरमा ला. मणी श्री बर्जाचाय, प्रथम भाईस गर्भनरमा ला. परमेश्बर बराल, द्धितिय भाईस गर्भनरमा ला. सुमन भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ M का लागी गर्भनरमा ला. महेन्द्र पौडेल, प्रथम भाईस गर्भनरमा ला. भिमलाल पौडेल, द्धितिय भाईस गर्भनरमा ला. चण्डी अर्याल पनि निर्विरोध निर्वाचित भएका छन् ।

यसै बिच लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ K को YES भोटका लागी भएको निर्वाचनमा जम्मा मतदाता २४५ रहेकोमा खसेको मत २१४ (८७ प्रतिशत) मध्येवाट गर्भनर पदमा राजेन्द्र कुमार वाटाजु (२१४ YES भोट र 0 NO भोट), प्रथम भाईस गर्भनर पदमा सुचित्रा थापा सर्वाधिक भोट (२१३ YES भोट र १ NO भोट) र द्धितिय भाईस गर्भनर पदमा (२१४ YES भोट र 0 NO भोट) का साथ सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यसैगरी विभिन्न पर्यटकीय संस्थाहरु जस्तै पोखरा पर्यटन परिषद, टान पश्चिमाञ्चल क्षेत्रीय संघको अध्यक्षको जिम्मेवारी अत्यन्तै सफलता पुर्वक निभाउनु भएका, नेपाल पर्यटन बोर्डका पुर्व बोर्ड सदस्य, पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य, चितेपानी फाउण्डेसनका संस्थापक, विभिन्न बित्तीय संस्थाहरु लाई समेत सफल नेतृत्व दिनुभएका वरिष्ठ पर्यटन ब्यबसायी ला. टिकाराम सापकोटालाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ K का गर्भनर ला. राजेन्द्र कुमार बाटाजुले डिष्ट्रिककै महत्वपुर्ण जिम्मेवार पद लायन्स स्वरोजगार परियोजना प्रमुखमा मनोनीत गरेका छन् ।

लायन्स बर्ष २०२१/२२ मा सापकोटाले कास्कीको लायन्स नमुना उध्यमी गाउँ प्रमुखको रूपमा सफलता पुर्वक कार्य सम्पादन गरिरहनु भएको छ। सापकोटा लायन्स क्लब अफ पोखरा संगमका पुर्ब अध्यक्ष तथा लायन्स क्लब अफ पोखरा हेभनका Extension Chairperson समेत हुन् ।

पोखरा स्थित होटल पोखरा ग्राण्डमा भएको सम्मेलनको सम्पन्न पश्चात पोखराको न्युरोड स्थित सिटि स्क्वायर पार्टी प्यालेसमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।