काठमाडौँ । सत्तापक्षले अचानक प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख विपक्षी नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।
एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौँ बोलाएको छ ।
महाअभियोगपछिको अवस्था विश्लेषण र एमालेको आगामी कदमबारे छलफल गर्न भोलि सोमबार दलको बैठक बोलाइएको उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
नेम्वाङले आज साँझ ६ बजे पार्टी सचिवालय र भोलि बिहान ११ बजे पार्टी संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।