जापान । जापानमा सोमबार ६० हजार १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ३९ लाख ८७ हजार ९५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै १ सय ४८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २० हजार ५ सय ९३ जना पुगेको छ ।
संक्रमितमध्ये १ हजार ३ सय ६६ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ५५ हजार २ सय १७ जनाको उपचार भइरहेको छ ।
३० लाख ११ हजार १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १२ प्रान्त १ हजार भन्दा बढी थपिए भने आकिता,सिमाने र तोत्तोरी बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १० हजार ३ सय ३४, ओसाकामा ७ हजार ९ सय ९७, खानागावामा ५ हजार ७ सय २९, आइचीमा ४ हजार ४ सय २०, साईतामामा ४ हजार १ सय १६, ह्योगोमा ३ हजार २ सय ६६, चिबामा ३ हजार २ सय ८२, फुकुओकामा २ हजार ९ सय ७२, होक्काईदोमा २ हजार २ सय ५२, क्योतोमा १ हजार ९ सय ६६, ईबाराकीमा १ हजार १ सय २१ र नारामा १ हजार १ सय १३ जना संक्रमित थपिए ।