गण्डकी प्रदेशमा फागुन ४ गते सार्वजनिक बिदा

-


     मर्दी न्युज    
     ३ फाल्गुन २०७८ मा प्रकाशित


Mardi News

पोखरा । गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७/११/३ को निणर्यअनुसार वि.स. २०७८ साल फागुन ४ गते बुधबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।