एमसीसीमा जबर्जस्ती भए सरकारबाट बाहिरिने माओवादी निर्णय

-


     मर्दी न्युज    
     ४ फाल्गुन २०७८ मा प्रकाशित


काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

संसदीय दलको कार्यालयमा आज बसेको बैठकले एमसीसी परियोजना संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

‘यथास्थितिमा पास गर्न सकिँदैन । जबर्जस्ती गरे विपक्षमा मतदान गर्छौँ,’ प्रमुख सचेतक देव गुरूङले भने, ‘आफ्नो ढंगले अघि बढेमा गठबन्धन तोडिन्छ । गठबन्धन तोडिनु भनेको सरकारबाट बाहिरिनु हो ।’

आज संसद बैठक बस्दैछ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ ।