गण्डकी प्रदेश सरकारले मनायो चौथो वार्षिकोत्सव

-


     मर्दी न्युज    
     फागुन ४ गते २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सरकारले बुधबार स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा सरकारले चौथो वार्षिकोत्सव मनाएको हो ।

सरकारका ४ वर्षे उपलब्धि समेटेर तयार पारिएको पुस्तक समेत उक्त अवसरमा विमोचन गरिएको छ ।

यस्तै चौथो स्थापनाको अवसरमा प्रदेश सरकारले पहिलो पटक गण्डकी रत्न घोषणा गरेको छ । म्याग्दीका महाबिर पुनलाई गण्डकी रत्न प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लामो त्याग र बलिदानीबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष एक हुन आग्रह गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले प्रदेश स्थापना भएको छोटो समयमा यसले जनताको मन जित्न सफल भएको भन्दै विकास निर्माण तथा सेवा प्रवाहमा आफूलाई सक्रिय बनाउँदै आएको बताए ।

कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारी, पूर्व मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गु्रुङ, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, प्रमुख सचिव रबिलाल पन्थले आआप्mना भनाइ राखेका थिए ।