जापानमा ९१ हजार संक्रमित, २ सय ३० जनाको मृत्यु

-


     सन थापा    
     फागुन ४ गते २०७८ मा प्रकाशित


जापान । जापानमा बुधबार ९१ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४१ लाख ६२ हजार २ सय १९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । 

त्यस्तै २ सय ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २१ हजार दुई जना पुगेको छ । 

संक्रमितमध्ये १ हजार ४ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ३२ हजार ४ सय ४३ जनाको उपचार भइरहेको छ । 

३१ लाख ७९ हजार ४ सय ५८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू 

४७ प्रान्त मध्ये १४ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए । 

सबैभन्दा बढी टोकियोमा १७ हजार ३ सय ३१, ओसाकामा १२ हजार ४ सय ६८, खानागावामा ७ हजार ४१, आइचीमा ६ हजार ५ सय ९१, साईतामामा ५ हजार ९ सय ८०, चिबामा ५ हजार २ सय ११, ह्योगोमा ४ हजार ७ सय ३४, फुकुओकामा ४ हजार २ सय ३८, होक्काईदोमा २ हजार ८ सय १५, क्योतोमा २ हजार ६ सय ५०, सिजुओकामा १ हजार ७ सय १५, नारामा १ हजार ५ सय दुई, इबाराकीमा १ हजार १ सय ३८, र तोचिगीमा १ हजार ८५ जना संक्रमित थपिए ।