जापानमा ९५ हजार बढी संक्रमित थपिए, २ सय ७१ जनाको मृत्यु

-


     सन थापा    
     फागुन ५ गते २०७८ मा प्रकाशित


जापान । जापानमा बिहीबार ९५ हजार २ सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४२ लाख ५७ हजार ३ सय ९९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । 

त्यस्तै २ सय ७१ जनाको मृत्यु भएको छ, एकैदिन मृत्यु भएको यो अहिलेसम्मकै उच्च संख्या हो । लगातार तेस्रो दिन २ सय भन्दा बढीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २१ हजार दुई सय ७३ जना पुगेको छ । 

संक्रमितमध्ये १ हजार ४ सय ६९ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ३८ हजार ५१ जनाको उपचार भइरहेको छ । 

३२ लाख ६१ हजार १ सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू 

४७ प्रान्त मध्ये १५ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए । 

सबैभन्दा बढी टोकियोमा १७ हजार ८ सय ६४, ओसाकामा १३ हजार ९ सय १२, खानागावामा ८ हजार २५, आइचीमा ६ हजार ३ सय ८५, चिबामा ५ हजार ७ सय ४४, साईतामामा ५ हजार ५ सय ६९, ह्योगोमा ४ हजार ८ सय २४, फुकुओकामा ४ हजार ३ सय ३२, होक्काईदोमा ३ हजार ६ सय २८, क्योतोमा २ हजार ६ सय ६९, सिजुओकामा १ हजार ७ सय २१, इबाराकीमा १ हजार ५ सय ५३, सिगामा १ हजार २ सय ६२, नारामा १ हजार १ सय ५३ र गिफुमा १ हजार १ सय ४० जना संक्रमित थपिए । 

मंगलबार १ लाख १५ हजार ४ सय एकजनाको पिसीआर परीक्षण गरिएको थियो ।