
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक छोटो समय बसेर सकिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेस गरेका थिए।
आजको लागि एउटा मात्रै कार्यसूची तय गरिएको बैठक १० मिनेट मात्रै सञ्चालन गरियो । नेकपा एमालेको अवरोधबीच सभामुख सापकोटाले संसद् अघि बढाएका थिए।
त्यस लगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्।