जापानमा थप ८७ हजार बढी संक्रमित, २ सय ११ जनाको मृत्यु

-


     सन थापा    
     फागुन ६ गते २०७८ मा प्रकाशित


जापान । जापानमा शुक्रबार ८७ हजार ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४३ लाख ४५ हजार ९७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । 

त्यस्तै २ सय ११ जनाको मृत्यु भएको छ , लगातार चौथो दिन २ सय भन्दा बढीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २१ हजार ४ सय ८३ जना पुगेको छ । 

संक्रमितमध्ये १ हजार ४ सय ९२ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ३९ हजार ७ सय ५३जनाको उपचार भइरहेको छ । 

३३ लाख ५२ हजार १ सय ३८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू 

४७ प्रान्त मध्ये १४ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए । 

सबैभन्दा बढी टोकियोमा १६ हजार १ सय २९, ओसाकामा ११ हजार ५ सय पाँच, खानागावामा ८ हजार ९ सय ७६, आइचीमा ६ हजार ३ सय ९९, साईतामामा ६ हजार १ सय ३८,  ह्योगोमा ४५ हजार ५४, चिबामा ४ हजार ९ सय ३७,फुकुओकामा ३ हजार ७ सय ३८, होक्काईदोमा २ हजार ६ सय ५६, क्योतोमा २ हजार ५३, सिजुओकामा १ हजार ५ सय ७९, इबाराकीमा १ हजार ५ सय, नारामा १ हजार ३ सय २२ र सिगामा १ हजार २ सय ४४ जना संक्रमित थपिए ।