प्रजातन्त्र दिवसको अवसरमा १२ जनालाई आममाफी, ५०१ कैदीबन्दीको सजाय मिनाहा

-


     मर्दी न्युज    
     फागुन ६ गते २०७८ मा प्रकाशित


काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आङनिमा शेर्पासमेतका १२ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी भएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आङनिमा शेर्पासमेतका १२ जनालाई आम माफी दिएकी हुन् ।

यस्तै ५०१ जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी दिएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको हो ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनु पूर्व गरेको कसुरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।