
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । आज आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरे पनि संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने सम्झौताबारे केही उल्लेख छैन ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेश गर्नेमात्रै कार्यसूची रहेको छ ।
सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकेको छैन । सरकार फागुन १६ गतेभित्र एमसीसीलाई टुङ्गो लगाउनुपर्ने दबाबमा छ ।
