
काठमाडौँ । सत्तारुढ नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विवाद र विरोधका बीच संसद्मा एमसीसी टेबल भएको बताएका छन् ।
आइतबार साँझ ट्विट गर्दै अध्यक्ष दाहालले सरकारले विवादबिच एमसीसी टेबल गरेको बताएका हुन् ।
‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’ प्रचण्डले ट्विट गर्दै लेखेका छन् ।
दाहालले एमसीसी टेबल गर्नु हुँदैन भन्दै प्रहरीले गरेको दमनको विरोध गरेका छन् । उनले एमसीसीको विपक्षमा प्रदर्शन गर्दा घाइेतहरूको स्वास्थ्य लाभको पनि कामना गरे ।
‘एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’ -दाहालले लेखेका छन् ।
उनले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने प्रस्ट रहेको पनि जनाएका छन् ।