जापानमा थप ७१ हजार बढी संक्रमित, १ सय ५८ जनाको मृत्यु

-


     सन थापा    
     ८ फाल्गुन २०७८ मा प्रकाशित


जापान । जापानमा आइतबार ७१ हजार ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४४ लाख ९८ हजार १ सय ७५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । 

त्यस्तै १ सय ५८ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २१ हजार ८ सय ६० जना पुगेको छ । संक्रमितमध्ये १ हजार ४ सय ७७ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख २९ हजार ९७  जनाको उपचार भइरहेको छ । 

त्यस्तै ३५ लाख ४० हजार ९ सय ४९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू 

४७ प्रान्त मध्ये १३ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए । 

सबैभन्दा बढी टोकियोमा १२ हजार ९ सय ३५, ओसाकामा ८ हजार ४ सय, खानागावामा ६ हजार ८ सय १४, साईतामामा ६ हजार ७०, आइचीमा ४ हजार ६ सय ९०,  ह्योगोमा ४ हजार ३ सय ५०, चिबामा ४ हजार १ सय ६०, फुकुओकामा ३ हजार १ सय ८९, होक्काईदोमा २ हजार ३ सय ४३, क्योतोमा १ हजार ७ सय ६९, इबाराकीमा १ हजार ५ सय २५, सिजुओकामा १ हजार १ सय १४ र नारामा १ हजार ५९ जना संक्रमित थपिए ।