
जापान । जापानमा सोमबार ५१ हजार ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४५ लाख ५० हजार १ सय ६२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै १ सय ७३ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २२ हजार ३३ जना पुगेको छ । संक्रमितमध्ये १ हजार ४ सय ९२ जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख २७ हजार ३ सय ३० जनाको उपचार भइरहेको छ ।
त्यस्तै ३६ लाख १३ हजार ९ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १२ प्रान्त १ हजार भन्दा बढी थपिए भने कोची र सिमाने बाहेक सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा ८ हजार ८ सय पाँच, खानागावामा ६ हजार ३ सय पाँच, ओसाकामा ४ हजार ७ सय दुई, साईतामामा ४ हजार ६ सय एक, आइचीमा ३ हजार ६ सय ७७, चिबामा २ हजार ८ सय १०, ह्योगोमा २ हजार ४ सय ९७, फुकुओकामा २ हजार ४ सय ४२, होक्काईदोमा १ हजार ९ सय २४, क्योतोमा १ हजार ३ सय ६६, इबाराकीमा १ हजार २ सय चार र सिजुओकामा १ हजार १ सय ४० जना संक्रमित थपिए ।