
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पेश गरेको विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ ।
मङ्गलबार सर्वोच्च अदालत प्रशासनले एमसीसी संसदमा पेश गरेको विरुद्ध परेको रिट दरपिठ गरिदिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
एमसीसी सम्झौता सन्धि ऐन अनुसार संसदमा पेश गर्न नमिल्ने जिकिर गर्दै अधिवक्ता सुरेन्द्र भण्डारीले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेको थियो ।
दाहालकाअनुसार यो विषय संसदमा प्रवेश गरिसकेकाले सर्वोच्च प्रशासनले यसलाई दरपीठ गरिदिएको हो ।