जापानमा थपिए ६९ हजार बढी संक्रमित, ३ सय १९ जनाको मृत्यु

-


     सन थापा    
     १० फाल्गुन २०७८ मा प्रकाशित


जापान । जापानमा मंगलबार ६९ हजार ५ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४६ लाख १९ हजार ६ सय ३६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यस्तै ३ सय १९ जनाको मृत्यु भएको छ ।२४ घण्टामा मृत्यु भएको यो संख्या अहिलेसम्मको धेरै हो । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २२ हजार ३ सय ५२ जना पुगेको छ ।

संक्रमितमध्ये १ हजार ५ सय चार जनाको अवस्था गम्भीर रहेको छ भने ८ लाख ३ हजार ६ सय ६९ जनाको उपचार भइरहेको छ ।
त्यस्तै ३६ लाख ९९ हजार ४ सय ६० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू

४७ प्रान्त मध्ये १२ प्रान्त १ हजार भन्दा बढी थपिए भने सबै प्रान्त १ सयभन्दा बढी संक्रमित भए ।

सबैभन्दा बढी टोकियोमा ११ हजार ४ सय ४३, ओसाकामा १० हजार ९ सय ३९, खानागावामा ६ हजार २ सय ६३, आइचीमा ४ हजार ७ सय ८५, चिबामा ४ हजार ९२, ह्योगोमा ४ हजार आठ, साईतामामा ३ हजार ८ सय ७९, फुकुओकामा ३ हजार १६, होक्काईदोमा २ हजार ४१, सिजुओकामा १ हजार ५ सय ५३, क्योतोमा १ हजार १ सय ५९ र गिफुमा १ हजार ७५ जना संक्रमित थपिए ।