
काठमाडौं । प्रतिनिधिसभाको भोलि बस्ने बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी परेको छ ।
फागुन ८ गतेको बैठकमा टेबल भएको एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने प्रस्ताव भोलिको बैठकको कार्यसूचीमा राखिएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको जानकारी दिए ।
त्यस्तै, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।