जापानमा थप ८० हजार बढीमा संक्रमण पुष्टि, २ सय ४६ जनाको मृत्यु

-


     सन थापा    
     ११ फाल्गुन २०७८ मा प्रकाशित


जापान । जापानमा बुधबार ८० हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४६ लाख ९९ हजार ९ सय ८७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै २ सय ४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २२ हजार ६ सय एकजना पुगेको छ । संक्रमितमध्ये १ हजार ४ सय ८९ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ८२ हजार ३सय ६९ जनाको उपचार भइरहेको छ ।

त्यस्तै ३७ लाख ८४ हजार ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १४ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने बाहेक सबै प्रान्तमा २ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा १४ हजार ५ सय ६७, ओसाकामा ११ हजार ४ सय ७२, आइचीमा ६ हजार ४२, खानागावामा ५ हजार ९ सय ९६, ह्योगोमा ४ हजार ७ सय ४७, साईतामामा ४ हजार ४ सय ६४, चिबामा ३ हजार ६ सय ८७, फुकुओकामा ३ हजार ५ सय ८१, क्योतोमा २ हजार ४ सय ३५, होक्काईदोमा २ हजार ३ सय ९३, सिजुओकामा १ हजार ७ सय ६५, नारामा १ हजार ३ सय ५८, ईबाराकीमा १ हजार २ सय १९ र सिगामा १ हजार ४० जना संक्रमित थपिए ।

सोमबार ९० हजार ५ सय २५ जनाको पिसीआर परीक्षण गरिएको थियो ।