
रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेको बीबीसीले जनाएको छ ।
यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा “सैन्य कारबाही” घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ।
तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पुगेको हो।
जारी तनावको असर एशियाली शेयर बजारमा पनि देखिएको छ जहाँ व्यापारमा २ देखि ३ प्रतिशतले गिरावट आएको छ।
बीबीसीका अनुसार लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ लाग्न थालेका छन्।
सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन्।