प्रतिनिधि सभा बैठक सर्‍यो

-


     मर्दी न्युज    
     फागुन १२ गते २०७८ मा प्रकाशित


काठमाडौं । आजका लागि तय भएको प्रतिनिधि सभा बैठक सरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि दिउँसो १ बजेका लागि निर्धारण गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

आजदेखि प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची थियो ।

प्रधानमन्त्रीको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको हो।

बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्षनेतासँग छलफल गरेको छ।