
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसीको छलफलमा सहभागी भइदिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन्।
संसद भवनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेको कांग्रेस महामन्त्री गगन थापाले बताए।
उनले एमसीसी विषय अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले जसरी पनि टुंगो लगउनुपर्ने भएकाले संसद अवरोध खोलाएर छलफलमा भाग लिन आग्रह गरेको बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच अमेरिकी सहयोग परियोजना एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल गर्ने तय भएको कांग्रेस महामन्त्री गगन थापाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।