
पोखरा । साहसिक गतिविधि खासगरी ट्रेकिङ र पर्वतीय पर्यटनमा लागेका गाइडहरुको दक्षता अभिबृद्दी गर्ने उदेश्यले संचालन गरिएको “आउटडोर स्किल्स कोर्ष फर टुरिजम प्रोफेसनल्स” को भब्य शुभारम्भ गरिएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबर्द्धनात्मक सहयोग, KEEP नेपालको साझेदारी, उद्योग पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्रालय, गण्डकी प्रदेशको अबिभावकत्व र नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको आयोजनामा यहि मिति २०७८ फागुन १२-१९ (फेब्रुअरी २४- मार्च ३, २०२२) गते सम्म हुने आठदिने उक्त तालिमको एक भब्य कार्यक्रम सहित शुभारम्भ गरिएको छ ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको सभाहलमा गरिएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका उद्योग, पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्री माननिय मणिभद्र शर्मा कँडेलले पर्बतिय पर्यटन बाट अपेक्षित लाभ लिन नसकेको बताउनुभयो। पर्वतिय गतिविधिको थप प्रचारप्रसार गर्नुपर्ने र आवश्यक जनशक्ति लाई तालिम दिएर थप व्यवसायिक बनाउने कुरामा उहाँले जोड दिनुभयो । अत्यन्तै महत्त्वपूर्ण तालिम संचालन गरेकोमा नेपाल पर्वतारोहण संघलाई धन्यवाद दिदै सक्दो आर्थिक सहयोग समेत गर्ने बचनबद्धता दिनुभयो ।
विशेष अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेशका कार्यालय प्रमुख काशीराज भण्डारीले पर्वतीय पर्यटनका बिबिध आयाम र दक्ष जनशक्तिको महत्त्व बारेमा प्रकाश पारेका थिए । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेश संगको सहकार्यमा यस अगाडि थुप्रै कार्यक्रम गरिसकेको र आउँदा दिनहरुमा पनि गरिने उहाँको भनाइ रहेको थियो।
KEEP नेपालका प्रमुख कार्यकारी अधिकृत इयान वालले कोर्सको बारेमा प्रकाश पारेका थिए । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव सुदिप गौतम तथा स्वागत मन्तव्य कोषाध्यक्ष बिकाश गुरुङले गरेका थिए ।
तालिममा पर्वतीय पर्यटनमा अति आवश्यक म्याप रिडिङ, नेभिगेसन स्किल्स, आउटडोर स्किल्स, प्राथमिक उपचार, स्टार गेजिङ, फिल्ड भिजिट जाने कार्यक्रम रहेको छ ।




