रूसको आक्रमणमा कम्तीमा ४० यूक्रेनी सैनिकको मृत्यु, यूक्रेनले रूससँगको कुटनीतिक सम्बन्ध तोड्ने

-


     मर्दी न्युज    
     फागुन १२ गते २०७८ मा प्रकाशित


कीभ, १२ फागुन । रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।

जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा यूक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आक्रमण गर्ने रूससँगको कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने बताएको हो ।

“यस आक्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मारिएको उनले पुष्टि गरे ।

यसअघि बिहिबार नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिएको थियो । युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आक्रमणमा परेको पुष्टि गरेको छ । रासस / सिन्ह्व