रुसी आक्रमणमा युक्रेनी सैनिकसहित १३७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     फागुन १३ गते २०७८ मा प्रकाशित


एजेन्सी । रुसी सेनाले युक्रेनमा गरेको आक्रमणबाट १३७ जनाको मृत्यु भएको छ। युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भइसकेको पुष्टि गरेका हुन्।

रुसी सेनाले युक्रेनमा उत्तर, पूर्व र दक्षिणी क्षेत्रबाट पूर्ण शक्तिकासाथ आक्रमण गरेको थियो ।

युक्रेन सीमा रक्षक सेवा डीपीएसएले १८ देखि ६० वर्ष उमेरका सबै पुरुषलाई देश छोड्न प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ।

युक्रेनी राजधानी किभ र त्यस वरपरका क्षेत्रबाट करिब एक लाख मानिसहरु बाहिरिने प्रयास गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।