प्रधानमन्त्री देउवा ओली निवास बालकोटमा

-


     मर्दी न्युज    
     फागुन १३ गते २०७८ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेको छ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रधानमन्त्री देउवा बालकोट पुगेको हो। उनीसँगै पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा पनि रहेका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा प्रतिपक्षी दल र गठबन्धनका नेतासँग छलफलमा व्यस्त छन् ।

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पास गर्ने विषयमा प्रधानमन्त्रीले छलफल केन्द्रित भएको छ।

सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँग छलफल पछि पार्टीको आन्तरिक छलफल सकेर देउवा ओलीलाई भेट्न पुगेका बालकोट पुगेका हुन् ।