जापान प्रवेशलाई खुकुलो बनाइदै, शुक्रबारदेखि अनलाईन प्रक्रिया सुरु

-


     सन थापा    
     फागुन १३ गते २०७८ मा प्रकाशित


जापान । जापानले नव प्रवेशी विदेशी आगमनमा लगाएको प्रतिबन्धलाई खुकुलो बनाउदै अनलाईन प्रक्रिया सुरु गरेको छ ।
मार्च महिनादेखि जापान प्रवेशका लागि अनलाईन प्रक्रिया सुरु गरेको सञ्चार संस्था एनएचके समाचारमा जनाईएको छ ।

सरकारले कोरोना भाईरस संक्रमणको फैलावटलाई रोक्ने उद्धेश्यले गत वर्षदेखि लगाएको प्रतिबन्ध फेब्रुवरी अन्त्यसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

आवश्यक प्रक्रियाको बारेमा स्वास्थ्य मन्त्रालयको वेभसाईटमा उल्लेख गरिएको छ । आवेदकले बिदेशमा जापानी कुटनीतिक नियोकहरूमा आवेदन दिन सकिने र एक साताभित्र भिसा जारी बताईएको छ ।

अन्तर्राष्ट्रिय आगमन हाल दैनिक ३ हजार ५ सय जनालाई प्रवेश अनुमति छ भने मार्च महिनाबाट ५ हजार पुर्याउने जनाईएको छ । प्रतिबन्ध लगाएपछि जापान प्रवेशको आशामा बसेका बिधार्थी, व्यबसायी र प्राविधिक प्रशिक्षार्थीहरू लाखौको संख्यामा प्रभावित भएका थिए ।