चर्चा पर्यटनकै

-


     मर्दी न्युज    
     फागुन १४ गते २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशको पर्यटन क्षेत्रको संभावना, समस्या र प्रदेशको पर्यटन प्रबर्द्धनमा परराष्ट्र मन्त्रालय र बिदेश स्थित नेपाली नियोगहरुको भुमिका बिषयमा भएको अन्तर्कृयात्मक छलफलमा आर्थिक कुटनिती, लगानी र ब्यापार कसरी वृद्धि गर्ने बारेमा चर्चा चलेको हो ।

पोखराको लेकसाईड स्थित होटल बाराहीको सभाहलमा आज भएको उक्त कार्यक्रममा विभिन्न पर्यटन ब्यबसाय संबद्ध संघ-संस्थाका अध्यक्षहरु, उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु तथा प्रतिनिधिहरु, उद्योगिहरु तथा पत्रकारहरुको सघन उपस्थिति रहेको थियो।

परराष्ट्र मन्त्रालय तथा गण्डकी प्रदेश उद्योग, पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कनेक्टिभिटी सहज बनाउनु पर्ने र उचित प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

उदघाटन सत्रमा बोल्ने अधिकांस बक्ताहरुले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटननै भएकोमा जोड दिए।प्रमुख अतिथिको रूपमा आमन्त्रित गण्डकी प्रदेशका उद्योग, पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणिभद्र शर्मा ले पर्यटन क्षेत्रको बिकाशले बहुआयामिक फाइदा हुने बताउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा सरोकारवालाहरु बिच अन्तर्कृयात्मक छलफल भएको थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख काशीराज भण्डारीले आर्थिक कुटनिती र पर्यटन बारेमा पावरपोइण्ट प्रस्तुति गर्नुभएको थियो । छलफलमा उठेका सुझाव तथा गुनासोहरु परराष्ट्र मन्त्रालयका अधिकारीहरुले टिपोट गरेका थिए ।