पललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

-


     मर्दी न्युज    
     फागुन १५ गते २०७८ मा प्रकाशित


तनहुँ । नायक पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

१७ वर्षीया नाबालिग बलात्कारको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका छन् ।

प्रहरी नियन्त्रणमा पुगेपछि प्रहरीले पललाई जिल्ला अदालत तनहुँ लगेर अनुन्धानका लागि समय लिएको हो।

अदालतबाट अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि बढाएको छ ।