
काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिसी) संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठकले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । सामान्य छलफल प्रस्ताव पारितसँगै आजको पहिलो संसद बैठक स्थगित गरिएको छ ।
सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक आजै साँझ ६ः३० बजे बस्ने गरी स्थगित गरेका हुने ।
प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजी बीच चलेको संसदले आज छलफलमाथिको प्रस्ताव पारित भएको सभामुख सापकोटाले जानकारी दिएको हो ।