जापानमा थप ६३ हजार बढी संक्रमित, १४३ जनाको मृत्यु

-


     सन थापा     
     फागुन १५ गते २०७८ मा प्रकाशित


जापान । जापानमा आइतबार ६३ हजार ७ सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४९ लाख ६२ हजार ६ सय ९३जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै १ सय ४३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २३ हजार ४ सय ८५ जना पुगेको छ ।

संक्रमितमध्ये १ हजार ४ सय ८२ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख २८ हजार ६ सय पाँचजनाको उपचार भइरहेको छ ।

त्यस्तै ४१ लाख १५ हजार ८४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू

४७ प्रान्त मध्ये १२ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।

सबैभन्दा बढी टोकियोमा १० हजार ३ सय २१, ओसाकामा ६ हजार ७ सय सात, खानागावामा ५ हजार ६ सय ९७, साईतामामा ४ हजार ५ सय ५२, आइचीमा ४ हजार ३ सय ४४, ह्योगोमा ३ हजार ६ सय ४०, चिबामा ३ हजार ५ सय ४०, फुकुओकामा २ हजार ८ सय ८७, होक्काईदोमा २ हजार ४ सय ६३, क्योतोमा १ हजार ७ सय ४९, सिजुओकामा १ हजार ३ सय ६७ र ईबाराकीमा १ हजार २ सय ५७ जना संक्रमित थपिए ।