संसदबाट एमसीसी सम्झौता अनुमोदन

-


     मर्दी न्युज    
     फागुन १५ गते २०७८ मा प्रकाशित


संसदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले एमसिसी सम्झौता पारित गरेको हो।

प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्तावलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको हो ।

लामो बहस र विवादपछि उक्त सम्झौता आज पारित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले व्याख्यात्मक घोषणासमेत सदनबाट जारी भएको सुनाएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आफ्ना माग सम्बोधन नभएको जनाउँदै विरोध जारी राखेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।