पहाडी भू–भागमा आंशिक बदली

-


     मर्दी न्युज    
     फागुन १६ गते २०७८ मा प्रकाशित


पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

बिहान पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नम्बर–१ तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।