संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो

-


     मर्दी न्युज    
     फागुन १६ गते २०७८ मा प्रकाशित


कठमाडौं, १६ फागुन । नयाँ बानेश्वरमा संसद् भवन नजिकै एक शङ्कास्पद वस्तु फेला परेको छ ।

प्रेसरकुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको र अहिले त्यसबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ ।