टेवान पोखराको चौथो बार्षिक साधारणसभा सम्पन्न

-


     मर्दी न्युज    
     फागुन १६ गते २०७८ मा प्रकाशित


पोखरा । सन २०१७ मा स्थापित पर्यटन ब्यबसायी महिला संघ नेपाल ( टेवान) पोखराले चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ। लेकसाइडस्थित होटल माउन्ट अपिको सभाहलमा सम्पन्न कार्यक्रम गण्डकी प्रदेशका उद्योग, पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

औपचारिक कार्यक्रमको दौरानमा महासचिव शोभा न्यौपाने पाण्डेले बार्षिक प्रतिवेदन पढेर सुनाउनु भएको थियो भने आजै १९ जना नयाँ सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रधान गरिएको थियो।

दिगो पर्यटनको लागि समान सहभागिता भन्ने नाराका साथ स्थापित टेवानको साधारणसभामा पोखरामा रहेका महिला पर्यटन ब्यबसायिहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्ने बक्ताहरुमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराई, संस्थाका सल्लाहकार तथा पोखरा पर्यटन परिषदका पुर्व अध्यक्ष टिकाराम सापकोटा, वडा नं ६ का वडाध्यक्ष जगत बहादुर पहारी, टान गण्डकी प्रदेश पोखराका उपाध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्जयकान्त सिग्देल, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायत हुनुहुन्थ्यो । सम्पुर्ण बक्ताहरुले समसामयिक बिषयमा मन्तव्य राख्दै महिला दिदीबहिनीहरुको सक्रियता र व्यावसायिक उपस्थितिको प्रशंसा गरेका थिए।

प्रमुख अतिथिको मन्तव्य राख्दै मन्त्री कँडेलले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन भएको र सरकारले निजि क्षेत्रसंग हातेमालो गर्दै अगाडि बढ्ने बताउदै साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

टेवानका अध्यक्ष रेणु थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव शोभा न्यौपाने पाण्डेले गर्नुभएको थियो भने शुभकामना मन्तव्य उपाध्यक्ष कमला गिरिले राख्नु भएको थियो।