
गण्डकी प्रदेश र सुदुरपश्चिम् प्रदेश लाई हवाई सेवा बाट जोड्न बुद्द ययर ले आजबाट पोखरा धनगढी पोखरा उडान सुरु गरेको छ ।
यसै अबसरमा नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स( नाट्टा ) गण्डकी प्रदेशले अन्तर प्रदेश पर्यटन प्रबर्द्धन गर्न नाट्टा गण्डकीका अध्यक्षको नेतृत्वमा पहिलो फ्लाइटबाट धनगढी पुगेर त्यहाँ नाट्टा सुदुरपश्चिमाञ्चलका कार्यसमिति, त्यहाँका स्थानीय सरकार, पर्यटन ब्यबसायीहरु संग अन्तर्कृया गरि त्यहाँका पर्यटकीय गन्तव्य हरुको भ्रमणगरी फर्किने कार्यक्रम रहेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले मर्दी न्युजलाई बताउनुभयो।
नाट्टा गण्डकी प्रदेशको भ्रमण टोलिलाई गण्डकी प्रदेश सरकारका उद्योग,पर्यटन, बाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणिभद्र शर्मा कंडेलले पोखरा बिमानस्थलमा पुगेर बिदाई गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियोे।

