
जापान । जापानमा शुक्रबार ६३ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित हालसम्म कोरोना संक्रमितको संख्या ५२ लाख ८५ हजार ७ सय ८२ जना पुगेको छ ।
त्यस्तै २ सय ३१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २४ हजार ६ सय ४६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये १ हजार ४ सय १९ जनाको अवस्था गम्भीर रहेको छ भने ६ लाख ६४ हजार ९ सय ४० जनाको उपचार भइरहेको छ । त्यसैगरी ४५ लाख १ सय ३८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १२ प्रान्त हजार भन्दा बढी थपिए भने सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।
सबैभन्दा बढी टोकियोमा १० हजार ५ सय सात, ओसाकामा ६ हजार ६ सय ९६, खानागावामा ६ हजार ४ सय ७१, साईतामामा ४ हजार ३ सय ४२, आइचीमा ४ हजार ३ सय पाँच, चिबामा ३ हजार ६ सय ७१, ह्योगोमा ३ हजार ४ सय १८, फुकुओकामा ३ हजार ५०, होक्काईदोमा १ हजार ८ सय ४७, क्योतोमा १ हजार ३ सय ६०, ईबाराकीमा १ हजार ६ सय २४ र सिजुओकामा १ हजार ३ सय ३९ जना संक्रमित थपिए ।
बुधबार ७९ हजार ५ सय ७२ जनाको पिसीआर परीक्षण गरिएको थियो ।