लायन्स क्लबको नबनिर्वाचित टिमलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     २१ फाल्गुन २०७८ मा प्रकाशित


पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५K को नबनिबाचित गभर्नर लायन्स राजेन्द्रकुमार बाटाजु सहित उहाँको DG टिमलाई पोखरामा वधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

पोखराको न्युरोड, बास्तोलाथर स्थित पोखरा पार्टी प्यालेसमा हिजो शुक्रबार बेलुकाको सो कार्यक्रममा LCIF एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटिको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा नबनिबाचित गभर्नर लायन राजेन्द्रकुमार बाटाजु सहित फर्स्ट भाइस डिस्ट्रीक्ट गभर्नर लायन सुचित्रा थापा, द्वितीय भाईस गभर्नर लायन निरा बज्राचार्य, क्याबिनेट सेक्रेटरी लायन मिनराज काफ्ले, क्याबिनेट ट्रेजरर लायन मदन कुमार मुल्मी, स्वरोजगार चिफ लायन टिकाराम सापकाेटा, लियाेका डिस्ट्रीक्ट प्रेसिडेन्ट लियो दिप्ती न्यौपाने लगायतका डि जि टिमलाई माला र सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।

पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन दिपक श्रेष्ठकाे सभापतित्वमा भएको सो कार्यक्रममा LCIF एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी, मल्टिपल काउन्सिल चेयरमेन लायन मनबहादुर रोक्का, लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालका डिस्ट्रीक्ट गभर्नर लायन बिशेश्वर आचार्य,माननीय प्रभा काेईराला लगायत विभिन्न लायन्स लिडरहरूले आआफ्नो मन्तव्य राखदै आगामी लायन्स बर्षमा यस लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५K लाई समाज सेबा, समाज परिबर्तन लगायतका कार्यहरू सहित बिश्व भरीकै लायन्स क्लबहरू मध्य उत्कृष्ट क्लब बनाउन नयाँ गभर्नरलाई सफलता मिलाेस भनी बधाई तथा शुभकामना दिईएको थियो ।