तनहुँको दमौलीमा आगलागी, आगो निभाउन हेलिकप्टरको प्रयोग

-


     मर्दी न्युज    
     फागुन २२ गते २०७८ मा प्रकाशित


दमौली । तनहुँको दमौली चोकमा आगलागी भएको छ । अहिले आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ ।

दमौली बजारको भूपाल हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । आगलागी सुरु भएको दुई घण्टा पुगिसक्दा पनि निभाउन नसकिएपछि काठमाडौंबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याइएको छ ।  

आगलागी नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।