
पोखरा । चौथो सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना बिकास केन्द्रको संयुक्त आयोजनामा यही आउँदो चैत ४ गतेदेखि ७ गतेसम्म पोखरा रंगशालामा हुने आज सृजना चोक स्थित साइमन पार्टी प्यालेसमा भएको पत्रकार सम्मेलनमा बताइएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा र स्कुल स्कुलमा भलिवल खेल पुयाउने लक्ष्यसहित हुने प्रतियोगिता कोरोना भाइरस कोभिड १९ का कारण माघमा सम्पन्न गरिने भलिवल खेल स्तगीत भएकोले भलिवल प्रतियोगिता लाई फेरी २०७८ साल चैत ४ गतेदेखी ०७ गतेसम्म पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा आयोजना गरिने छ ।
यस प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुले सहभागिता जनाउने साथै कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागि हुन पाउने यस प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने अनुमान गरेको बताइएको थियो ।
प्रतियोगिताको उपाधि बिजेता छात्र तथा छात्रा दुवै तर्फकालाई एक/एक लाख, उपबिजेतालाई ५०/५० हजार र तृतीय हुने विद्यालयलाई ३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान मारिनेछ । त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट छात्र तथा छात्रा दुबै खेलाडीलाई ५/५ हजार र ट्रफी तथा अन्य ५ विधाहरु बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सेंटर र बेष्ट सर्भरलाई १/१ थान भलिबल प्रदान प्रेस बिज्ञप्तीमा जनाईएको छ ।