पोखरा महानगरपालिकामा भोलि शोक बिदा

-


     मर्दी न्युज    
     फागुन २२ गते २०७८ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिकाले भोलि सोमबार शोक बिदा दिएको छ ।

तत्कालीन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको आइतबार ७८ वर्षको उमेरमा निधन भएको शोकमा महानगरले एक दिन बिदा दिने निर्णय गरेको हो ।

सोमबार पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू शोक बिदाको रूपमा बन्द रहने छन ।

शेरचनले विसं २०३२ देखि २०३८ सालसम्म पोखरा नगर पञ्चायतको प्रधानपञ्च भएर काम गरेको महानगरले जनाएको छ ।

उनको उपचारका क्रममा आज काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।